Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

पसिना बगाउने किसान, कमाउने ठेकेदार, मारमा उपभोक्ता

पसिना बगाउने किसान, कमाउने ठेकेदार, मारमा उपभोक्ता

  • काठमाडौँ । किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु ३० का दरले फर्सी र रु ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा रहेको भद्रपुर र चन्द्रगढी बजारमा फर्सी प्रतिकेजी रु ७० र बोडी रु ९० का दरले बिक्री हुने गरेको छ ।

    onlinepatrika
    Arghakhachi
     

    उत्पादक किसान र उपभोक्ताबीचमा दोब्बर मुनाफा राखेर बजारमा तरकारी बिक्री हुँदै आएता पनि कुनै निकायले यसको अनुगमन गरेको छैन । बिचौलिया हाबी हुँदा मूल्य नाजायज ढङ्गले बढाइएको छ । त्यसको लाभ पाउनबाट वास्तविक किसान र उपभोक्ता वञ्चित छन् ।

    AGNI GROUP

    झापामै ठूलो परिमाणमा व्यावसायिक तरकारी खेती गर्ने मामा भाञ्जा कृषि फार्मले वार्षिक नौ हजार मेट्रिक टन बेमौसमी तरकारी उत्पादन गर्दै आएको जनाएको छ । बिचौलियाको हातमा उत्पादन बेच्नुपरेको कारण मनग्य फाइदा उठाउन नसकिएको फार्मका सञ्चालक निर्मल अधिकारी बताउछन ।

    “बजारीकरणको समस्या छ, आफैँले बेच्न लैजान सकिदैन”, उनले भने, “बाध्य भएर बिचौलियालाई दिनुको विकल्प छैन, उनीहरुले बजारमा बेच्ने मूल्यभन्दा आधा मात्र दिन्छन् ।” सो फार्मले अर्जुनधारा, मेचीनगर र भद्रपर नगरपालिकामा ३० बिघा जमीन लिजमा लिएर लहरे तरकारी खेती गर्दै आएको छ । भद्रपुर–४ गौशाला नजिक १६ बिघा जमीनमा फार्मले यति बेला फर्सी, करेला, काक्रा, बोडी, टमाटर, सिमीलगायत तरकारी लहलह फलाएको छ ।

    फार्मबाट किनेर ल्याएको फर्सी प्रतिकेजी रु ७० ले बेच्ने गरेका भद्रपुरका खुद्रा व्यापारी श्यामनारायण साहले खरिद मूल्य रु ६० पर्ने गरेको दाबी गर्नुभयो । “हामीले बिचौलियासँग प्रतिकेजी रु ६० का दरले फर्सी किन्छौँ”, उनले भने, “रु १० मार्जिन राखेर बिक्री गर्दा अलिकति महङ्गो भइहाल्छ नि ।” फार्मका सञ्चालक अधिकारीले चाँडै आफैँले तरकारी बिक्री कक्ष खोल्ने तयारी गरिरहेको बताए ।

    उनले भने, “किसान र उपभोक्तालाई सिधै जोड्न र सुलभ मूल्यमा तरकारी उपलब्ध गराउन भद्रपुर, मेचीनगर र अर्जुनधारामा बिक्री कक्ष खोल्ने तयारीमा छौँ ।” सीमापारि भारतबाट भित्रिने तरकारीभन्दा स्वदेशी तरकारी नै उपभोत्ताको रोजाइ हुने गरेको छ । यसबाट स्थानीय कृषि फार्म फस्टाउने वातावरण बन्दै गएको छ । तथापि बजारमा बिचौलियाको बिगबिगी भएका कारण उपभोक्ता महङ्गीको मारमा र उत्पादक किसान भाउ नपाएर नोक्सानीमा पर्ने बिडम्बना उत्पन्न भएको छ ।

    बेमौसमी लहरे तरकारी खेतीबाटै वार्षिक रु एक करोड आम्दानी गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका ४५ युवाले रोजगारी पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij