Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

  • धरान । जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपछि धरान उपमहानगरपालिका वडा नम्बर-९ का वडाअध्यक्ष रत्न कट्वाल फरार भएका छन्। झुटो विवरण पेस गरी स्याङजाकी एक महिलालाई नागरिकता लिन सिफारिस गरेको पाइएपछि कट्वालविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

    onlinepatrika
    Arghakhachi

    स्याङ्जा वालिङ वडा नम्बर ३ घर भएकी मञ्जु क्षेत्रीले २०७५ माघ ८ गते इलाका प्रशासन कार्यालय धरानबाट नागरिकता लिएकी थिइन्। यस अगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट समेत नागरिकता लिई सकेकी उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाएको डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए। मञ्जुलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुवा बनेर नागरिकता दिलाएका थिए।

    AGNI GROUP

    मञ्जुले बास्तविक उमेर भन्दा कम देखाएर २०५५ सालमा जन्म दर्ता गरी २० वर्षको उमेर देखाई धरानबाट नागरिकता लिएकी छन्। नागरिकता दिलाउन वडाअध्यक्ष कट्वालसँगको मिलेमतोमा ठूलो आर्थिक चलखेल भएको बुझिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij