Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ललितपुरको च्यासलमा दिउँसै लुटपाट, ४ जना पक्राउ

ललितपुरको च्यासलमा दिउँसै लुटपाट, ४ जना पक्राउ

  • ललितपुर । ललितपुरको च्यासलमा दिउँसै लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ  ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन् ।

    AGNI GROUP

    पुस १३ गते दिउँसो करिब साढे २ बजे अन्दाजी ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा अपरिचित व्यक्ति प्रवेश गरी सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले लुटिएका भनिएका सामानसहित चार जनालाई बिहीबार साँझ करिब साढे ५ बजे च्यासलबाट पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij