Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

  • पाँचथर । पाँचथरको रविबाट झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आज बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविबाट गोलिया बोकेर झापाको दमकतर्फ गइरहेको ना३ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक पाँचथरको मिक्लाजुङ–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको हो । 

    onlinepatrika
    Arghakhachi

    ट्रक आफैँ अनियन्त्रित भई इलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडामा सडकबाट करीब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा घाइते भएका सहचालक राईलाई उपचारका लागि दमकतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij