Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पर्यटन प्रवद्र्धनका लागि पत्रकारको त्रिवेणी ढोरपाटन यात्रा

पर्यटन प्रवद्र्धनका लागि पत्रकारको त्रिवेणी ढोरपाटन यात्रा

  • बलेवा । बागलुङ जिल्लामा पछिल्लो समय पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । पोखरामा बस्ने पत्रकार अमृत सुवेदीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी गर्दै बागलुङबाट ढोरपाटनसम्मको यात्रा तय गर्नुहुने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपालको एक मात्रै शिकार आरक्षा जान लाग्दा उहाँ निकै उत्साहित हुनुहुन्छ । पुसको अन्तिम सातासम्म पानी नपरेकाले ढोरपाटनमा हिमपात भएको छैन् । हिमपातपछि त्यहाँ पुग्नेले नेपालको स्विट्जरल्याण्ड भन्छन्, ढोरपाटनलाई । किताब र सञ्चार माध्याममा आएका सामग्री पढेर मात्रै ढोरपाटनको विषयमा जानकारी पाउनुभएका सुवेदीले यसपटक आफ्नै आँखाले देख्ने ढोरपाटनको महिमा लेख्नुहुने छ । 

    AGNI GROUP

    प्राकृतिक पर्यटनको अनुपम उपहार ढोरपाटन पुग्नुअघि देख्नुभएका र टेकेका धार्मिक तथा पर्यटकीयस्थलको चर्चा गर्ने सोँचका साथ उहाँ यतिबेला प्रदेश दौडाहमा हुनुहुन्छ । पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल पुसको चिसोमा पहिलो पटक ढोरपाटन शिकार आरक्ष पुग्दैहुनुहुन्छ । त्यहाँ पुग्दा मुटु कमाउने चिसो भन्दा ढोरपाटनको सुन्दरता र बागलुङ बजारदेखि ढोरपाटनको बीचमा पर्ने पर्यटकीय क्षेत्र मानस्पटलमा कैंद गर्ने हुटहुटीले उहाँलाई पनि उत्साहित बनाएको छ ।

    कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रको प्रचार र नयाँ गन्तव्यको खोजीका लागि सुवेदी र पौडेलजस्तै गण्डकी प्रदेशका सात जना पत्रकारको समूह यतिबेला प्रदेश दौडाहमा छ । नवलपुर जिल्लाको सुस्ता त्रिवेणीबाट शुरु भएको यात्रा ढोरपाटन पुगेर फर्कनेछ । “पोखरा र मुस्ताङ गण्डकी प्रदेशको पर्यटनका ब्राण्ड भइसके, अब हाम्रो दायित्व अरु क्षेत्रको पनि प्रचारप्रसार गर्नु हो”, महासङ्घको गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले भन्नुभयो, “त्रिवेणीबाट शुरु भएको पत्रकारको प्रदेश दौडाहाले सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारमा सघाउने छ ।”

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि  चाँजोपाँजो मिलाएको हो । नेपाल पर्यटन बोर्डले साथ दिएपछि कार्यक्रम बनाएर पत्रकार त्रिवेणीदेखि ढोरपाटनसम्म दौडिरहेका छन् । “हामी बाटो मात्रै हिँड्दैनांै, सबै क्षेत्रको अध्ययन गर्छौं”, महासङ्घ बागलुङका अध्यक्ष दिल शिरिषले भन्नुभयो, “यो शुरुवात हो, हामीले गरेको शुरुवातलाई सबै क्षेत्रले सघाउनुपर्छ ।” नवलपुरदेखि ढोरपाटन प्रवद्र्धनात्मक कार्यक्रम लिएर हिँडेका पत्रकारले सरोकारवालासँग अन्तक्र्रिया र छलफलसमेत गर्ने गरेका छन् । 

    सरोकार पक्षको सुझाव र पर्यटकीय क्षेत्रको वास्तविक अवस्थाका आधारमा प्रतिवेदन तयार गरेर राज्यलाई पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सुझाव पेस गरिनेछ । “हामीले दिने समाचार र तस्बिरले आन्तरिक तथा बाह्य पर्यटकको लागि ठूलो महत्व राख्छ”, महासङ्घका महासचिव पौडेलले भन्नुभयो, “यो पनि विकासको एउटा साझेदार अभियान हो ।” बागलुङका पत्रकारसँगको भेटघाटमा समूहले ढोरपाटन पुगेर फर्किएपछि थप छलफल गर्ने बताएको छ । 

    समूहमा पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव  पौडेल, पत्रकार सुवेदी, बिमल तिवारी, राजेन्द्र न्यौपाने, रामजी लम्साल, रामबहादुर थापा र दिल शिरीष सहभागी हुनुहुन्छ । रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij