Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशङ्करलाल दासलाई प्रदान गरिने भएको छ ।
चिकित्सा र सामाजिक सेवामा उहाँले गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित रु दुई लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको साल्ट ट्रेडिङ कर्पोरेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
कर्पोरेशनले नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना प्रथम अध्यक्ष हेमबहादुर मल्लको स्मृतिमा २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij