Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोशी प्रदेश सभा बैठक स्थगित

कोशी प्रदेश सभा बैठक स्थगित

  • काठमाडौँ । कोशी प्रदेश सभा बैठक सुरु भएलगत्तै प्रतिपक्षी दल एमाले र राप्रपाका सांसदहरु उठेर विरोध गर्दै बहिष्कार गरेपछि बुधबार बसेको बैठक स्थगित भएको छ।

    onlinepatrika
    Arghakhachi

    एमालेका सांसद तिलककुमार मेन्याङ्बोले बैठकमा बोल्दै सभाध्यक्षको कुर्र्सीमा बसेर मुख्यमन्त्री उद्धब थापाले संविधानविपरीत विश्वासको मत दिएको भन्दै विरोध जनाएका थिए। सभाध्यक्षले अरु पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै उनले आरोप समेत लगाएका थिए।

    AGNI GROUP

    लगत्तै एमाले र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरेरे बैठक बहिष्कार गरेका थिए। बैठकमा नाराबाजीसँगै एमाले र राप्रपाका सबै सांसदहरु बैठक छोडेर हिडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो।

    आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कायसूची थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij