Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सन नेपालको आईपीओ बाँडफाँड

सन नेपालको आईपीओ बाँडफाँड

  • काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । शुक्रवार बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले आईपीओ बाँडफाँड गरेको थियो ।

    images
    images
    images

    जसमा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका हुन् । बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको हात खाली हुन पुगेको छ । कूल १४ लाख ६६ हजार ८६२ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका थिए ।

    जसमध्ये ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले जनाएको छ । योग्य आवेदक १४ लाख ६० हजार ६१ जनालाई गोला प्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरिएको हो ।

    साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि कूल ७६ लाख ८० हजार कित्ता आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला गरेको थियो । प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर कम्पनीले २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij