Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

शाइन रेसुंगाको लाभांशको घोषणा

शाइन रेसुंगाको लाभांशको घोषणा

  • काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७९–८० का लागि लाभांश प्रस्ताव गर्ने विकास बैंकहरुमध्ये शाइन रेसुंगा पहिलो हो । 

    images
    images
    images

    उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट बैंकले हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    जसमा १०.५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँबराबरको नगद लाभांश छन् । 

    बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ रहेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij