Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सिंहदरबार भ्रष्टाचारको अखडा बनाइयो: राजेन्द्र लिङ्देन

सिंहदरबार भ्रष्टाचारको अखडा बनाइयो: राजेन्द्र लिङ्देन

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबार भ्रष्टाचारको अखडा बनाइएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    मङ्गलबार काठमाडौंको भद्रकालीमा राप्रपाले आयोजना गरेको जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । “सिंहदरबार भ्रष्टाचारको अखडा बनाइएको छ । तर, सधैँभरि यसो हुन दिन्नौँ,” उनले भने ।

    लिङ्देन (Rajendra lingden) ले आफूले एकरुपे पनि भ्रष्टाचार नगरेको दाबीसमेत गरे । “मैले एकरुपे पनि भ्रष्टाचार गरेको छैन भनेर संसारको जुनसुकै मन्दिरमा पनि छिर्न सक्छु,” उनले भने, “भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध निर्मम भएर उत्रिन्छौँ ।”

    यस्तै उनले गृहमन्त्री रवि लामिछानेले आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक शक्ति प्रयोग गरेको बताए ।

    उनले भने, “गृहमन्त्रीज्यू, भ्रममा नपर्नुहोला । राजनीतिमा तपाईंभन्दा निकै पहिलेबाट हामी छौँ । देशमा शासन-व्यवस्थाका कडीहरू तपाईंभन्दा हामी बढी थाहा पाउँछौँ । आफैँ मात्रै इमान्दार, आफैँ मात्रै लोकप्रिय, आफैँमात्रै नेता; यस्तो भ्रम नपाल्नुस् ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij