Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

स्वास्थ्यमन्त्री यादवलाई एमाले स्वास्थ्य विभागले बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र

स्वास्थ्यमन्त्री यादवलाई एमाले स्वास्थ्य विभागले बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र

  • काठमाडौं - नेकपा एमाले स्वास्थ्य विभागले विभिन्न माग राख्दै स्वास्थ्यमन्त्री प्रदीप यादवलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। जसमा एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन तथा सबै संघीय अस्पताल पूर्ण क्षमतामा संचालन गर्न माग गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै स्वास्थ्य बीमा जनशक्ति पूर्ति गरेर व्यवस्थित गर्न,स्थानीय तहमा बन्न लागेका आधारभूत अस्पतालको निर्माण सम्पन्न गरी ओएनएम गरेर स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने, आस्थाका आधारमा गरिएको जथाभावी सरुवा, बर्खास्ती र नियुक्ति सच्चायाएर कर्मचारीको मनोबल उच्च राख्नुपर्ने सहितका माग राखिएका छन्। 

    AGNI GROUP

    एमाले स्वास्थ्य विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा शल्यक्रिया र डायलाइसिस सेवा सर्वसुलभ बनाउन यथाशीघ्र पहल गर्नुपर्ने, रोग रोकथाम तथा नियन्त्रण केन्द्र, स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन बनाउनुपर्ने र प्रदेशमा स्थापना गर्नुपर्ने प्रतिष्ठानको काम सुरु गर्नुपर्ने,

    फाजिलमा रहेका र समायोजन नमिलेका कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षालाई प्रभावकारी बनाउन कानुन कडाइपूर्वक लागु गर्नुपर्ने मागसहित चिकित्सक तथा स्वास्थ्य क्षेत्रका जनशक्तिलाई विदेश पलायन रोक्न समेत ध्यानाकर्षण गराइएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij