Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव राई

पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव राई

  • काठमाडौँ  । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई गठन भएको जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले पार्टीको कुनै पनि गतिविधि नरोकिने बताएका छन् । आज महासचिव राईले एक विज्ञप्ति जारी गरी पार्टीका कुनै पनि गतिविधि नरोकिने बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतबाट अर्को आदेश नआएसम्म निर्वाचित जनप्रतिनिधिको बाँकी सनाखत गर्ने काम अल्पकालीन अन्तरिम आदेशबाट तत्काललाई रोकिएको बताउँदै राईले बाँकी काम गर्न सकिने बताए ।

    AGNI GROUP

    उनले विज्ञप्तिमा भनेका छन्, ‘जनता समाजवादी पार्टीले दलको सङ्गठन गर्ने, भेला हुने, दलमा आबद्ध हुने, राजनीतिक दलका तर्फबाट शान्तिपूर्ण सभा सम्मेलन गर्ने जनताको संवैधानिक हकको प्रचलनमा कुनै बाधा नपर्ने हुँदा यस राजनीतिक दलका सम्पूर्ण कार्यहरू सुचारु गरिरहन सबैमा जानकारीका लागि अनुरोध गर्दछु ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij