Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले 'सहकारी रकम अपचलनमा संलग्न रहेका राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको तर रास्वाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमै रहन मिल्छ ?' भनेर प्रश्न गरेको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीमा राप्रपा सांसद बस्नेत र उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरक-फरक व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
'यो संसद्मा दुईवटा कानुन छ कि एउटा कानुन ?,' शाहीले भने, 'गीता बस्नेत न सहकारी सदस्य, न त्यो कुनै पैसा लिने कुरामा सिग्नेचर गर्नुभएको छ । उहाँका ज्वाइँले पैसा लिनुहुन्छ, कृष्णसार रेस्टुरेन्टमा लगानी गर्नुहुन्छ । संसद्को सदस्य गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुन्छ तर त्यस्तै गरी गोर्खा मिडियामा पैसा आउँछ तर गृहमन्त्री पदमै बस्नुहुन्छ, छानबिन पनि गर्न नहुने ।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij