Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बालुवाटारको बैठकमा मिलेन कुरा

बालुवाटारको बैठकमा मिलेन कुरा

  • काठमाडौं – प्रमुख दलका शिर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठकले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे छलफल गरेको थियो । बिहानको बैठकमा सहमति नभएपछि आज साँझ पुनः बैठक बस्ने सहमति भएको बताइन्छ ।

    AGNI GROUP

    कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयले नै सहमति हुन नसकेको बैठकमा सहभागि एक जना नेताको भनाइ छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी थिए भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij