Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । तीन तहका सरकार मध्ये स्थानीय सरकारको धेरै बेरुजु देखिएको अवस्थामा पाँचवटा स्थानीय तहमा भने शून्य बेरुजु देखिएको छ । बागमती प्रदेशका तीन र कोशी प्रदेशका दुईवटा पालिकामा शून्य बेरुजु भएको हो । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाको २५.३५ प्रतिशत बेरुजु छ । लक्ष्मीपुर पतारी गाउँपालिका नेपालकै धेरै बेरुजु भएको स्थानीय तहमा पर्दछ ।
बागमती प्रदेश अन्तर्गत काभ्रेको महाभारत गाउँपालिका, ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका र धादिङ्गको बेनीघाट रोराङ गाउँपालिका, कोशी प्रदेशको पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा शून्य बेरुजु रहेको छ ।
नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबैमा बेरुजुको दर उच्च छ । गाउँपालिकाहरुले सुशासन र पारदर्शितालाई समेत उच्च बनाउँदै लगेको लेखापरिक्षणले पुष्टि गरेको छ । एक सय भन्दा धेरै स्थानीय तहले एक प्रतिशत भन्दा कम बेरुजु राखेका छन् ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले शून्य बेरुजु शून्य बनाउने अभियानमा निरन्तर दत्तचित्त भएर सेवामा सक्रिय गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्ट, लेखा प्रमुख जुना भट्टराई लगायत पालिकाका सम्पूर्ण कर्मचारी तथा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij