Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

  • काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।

    images
    images
    images

    मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी रु तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०–५० हजार उपलब्ध गराइएको जनाइएको छ ।

    धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij