Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नेपाली काँग्रेसका नेताद्वारा कार्यालय प्रमुखमाथि हातपात

नेपाली काँग्रेसका नेताद्वारा कार्यालय प्रमुखमाथि हातपात

  • काठमाडौं । अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख लक्ष्मण शाहमाथि हातपात भएको छ। स्थानीय नेपाली काँग्रेसका नेता टंकबहादुर साउँदले कार्यालय प्रमुख शाहमाथि हातपात गरेका हुन्। 

    onlinepatrika
    Arghakhachi

    सोमबार अपराह्न ४ बजेको समयमा साउँदले कार्यालयमै शाहमाथि आक्रमण गरेका हुन्। घटनाको विषयमा गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै प्रशासनको ध्यानाकर्षण गरेको छ।

    AGNI GROUP

    गाउँपालिकाले दोषीलाई कडा कारबाहीको माग समेत गरेको छ। कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नभएसम्म सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिएको छ। न्याय प्रदान गर्ने निकायहरुबाट उचित कारबाही नभएसम्म आकस्मिक सेवावाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने भन्दै विज्ञप्ति जारी गरिएको छ। तर मिलापत्र गर्न कुटपिटमा संलग्न साउँद, गाउँपालिका अध्यक्ष र कार्यालय प्रमुख शाह जिल्ला प्रशासन कार्यालयमा गएको उपाध्यक्ष नेत्रकलादेवी शाहीले बताएकी छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij