Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राजधानीको मनोहरा–जडिबुटीबाट नाबालिकाहरूलाई यौनधन्दामा लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय बीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।
प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको प्रहरी जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीको भनाई छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij