Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सर्वोच्चले दियो केजरीवाललाई अन्तरिम जमानत

सर्वोच्चले दियो केजरीवाललाई अन्तरिम जमानत

  • काठमाडौं । सर्वोच्च अदालतले दिल्लीको उत्पादन शुल्क नीति मुद्दामा मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार दुई न्यायाधीशको बेन्चले मुद्दाको सुनुवाई गर्दै केजरीवाललाई जमानत दिएको हो । तर, यस मामिलामा केही प्रश्नहरू छन्, जसलाई ठूलो बेन्चले हेर्नु पर्ने बताएको उनीहरुले बताएका छन् ।

    AGNI GROUP

    न्यायाधीश सञ्जीव खन्नाले भने, ‘अरविन्द केजरीवाल ९० दिनभन्दा बढी समयदेखि जेलमा छन्। निर्वाचनका बेला जुन सर्तमा रिहा हुनुभएको थियो, अब पनि त्यही सर्तमा रिहा हुनुहुन्छ ।’

    बेञ्चले केजरीवाल मुख्यमन्त्री रहने वा नरहने भन्ने विषयमा निर्देशन दिन नसकिने बताएको छ । न्यायमूर्ति खन्नाले भने, ‘हामी यसबारे निर्णय लिने जिम्मेवारी अरविन्द केजरीवाललाई छोड्छौं ।’

    यद्यपि केजरीवाल अहिले जमानतमा जेलबाट बाहिर आउन सक्ने छैनन् किनभने सर्वोच्च अदालतले उनलाई ईडीले पक्राउ गरेको मुद्दामा अन्तरिम जमानत दिएको छ ।

    सीबीआईले उनलाई केही दिनअघि पक्राउ गरेको थियो । केजरीवालले सीबीआईले गरेको गिरफ्तारीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएका छन् । यस मुद्दाको सुनुवाई जुलाई १७ मा हुने भएको छ ।

    दिल्लीको मदिरा नीतिमा कथित घोटालाको आरोपमा केजरीवाललाई मार्च २१ मा पक्राउ गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij