Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

  • काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको हत्या भएको हो । उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    अहिले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकर परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

    AGNI GROUP

    पूर्वराज्यमन्त्री रायको हत्याको छानविनका लागि एक व्यक्ति प्रहरी नियन्त्रणमा,अज्ञात तीन व्यक्तिले हत्या गरेको प्रारम्भिक बयान

    “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भने, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।” रायको हत्याको कारणबारे खुल्न सकेको छैन् । पूर्वराज्यमन्त्री राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij