Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । झापाको दमक नगरपालिका-५ बानेश्वर हाइटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थानसहित सोही नगरपालिका - ८ बस्ने ३६ वर्षीय संजीव गजमेरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को ३८ प ५६४९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाईछिपाई राखेको उक्त हतियार फेला पारिएको हो।
हतिपार फेला पारेपछि चालक गजमेरलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij