Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक संसद्बाट पारित भएसँगै सहिदहरूका सपना साकार हुने विश्वास पैदा भएको बताएका छन्।
‘शान्ति प्रक्रियाको अभिन्न अंगका रूपमा रहेको संक्रमणलीन न्यायसम्बन्धी आयोगको विधेयक आज सदनले पारत गर्दै छ। यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वास र हजारौँ सहिदका सपना साकार हुने विश्वास पनि पैदा भएको छ’, उनले भने, ‘योसँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ। अब परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान् यात्रा अघि बढ्ने फराकिलो बाटो प्राप्त गरेका छौं।’
अध्यक्ष 'प्रचण्ड'ले माओवादी नै शान्ति प्रक्रियाको प्रारम्भकर्ता भएको बताए। ‘तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघमा निर्वाचित सरकारलाई अपदस्थ गरेपछि मूलधारका दलहरू माओवादीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको सबैलाई थाहा छ। यसअर्थमा माओवादी नै शान्ति प्रक्रियाको प्रारभिम्क आरम्भकर्ता हो भन्ने दुविधा मान्नुपर्छ भन्ने मलाई लाग्दैन।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij