Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन : पोखरेल

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन : पोखरेल

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, वस्तुगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

    AGNI GROUP
    महासचिवमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    लुम्बिनी प्रदेश चेम्बरको सदस्यहरुमा युवराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ्ग र शंकर गौतम चयन भएका हुन् । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij