Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अब ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्छन्: रवि लामिछाने

अब ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्छन्: रवि लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता पुष्टि गर्न नसकेपछि अहिले गोरखा मिडियामा जोडेको टिप्पणी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi
    पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अझै आफूविरुद्ध भ्रम छर्ने प्रयास भइरहेको बताए ।

    उनले भने, ‘छानबिन समितिले भनिसक्यो रवि लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि लिएको छैन भनेर । अझै केही भ्रम छर्न खोज्दैछन् । एउटा कर्मचारीको रुपमा संस्थामा आएको पैसाको चेक काटेर कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदैछ ।’

    AGNI GROUP

    कार्यकारी अध्यक्षले संस्थाको खातामा ल्याएको पैसाको स्रोत कुन कर्मचारीले खोज्न सक्छ भन्दै लामिछानेले प्रश्न गरे ।

    उनले थपे, ‘कहिले त्यो प्रमाण मसँग छ भन्ने, कहिले गृहमन्त्रीसँग छ भन्ने । कहिले सहकारी अपचलन भन्ने अहिले गोर्खा मिडिया भन्ने कुरा फेर्दा फेर्दा एकदिन उनीहरु ग्यालेक्सी टीभी हेर्नेहरु पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्नसक्ने छन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij