Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

राजदूतमा योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई...!

राजदूतमा योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई...!

  • काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि उनको नाम अस्वीकृत भएको हो । भट्टराईबाहेक अन्य १६ जनाको नाम अनुमोदन भएको छ ।

    AGNI GROUP

    अनुमोदन भएका १६ जनामध्ये १३ जना सर्वसम्मत र ३ जना बुहमतबाट अनुमोदन भएका हुन् । राजदूतमा सिफारिस भएका धनप्रसाद पण्डित, कपिलमाण श्रेष्ठ र नेत्रप्रसाद तिमल्सिनाको नाम भने बहुमतबाट अनुमोदन भएको हो ।

    समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ ।

    यस्तै इजरायलका लागि डा.धनप्रसाद पण्डित, मलेसियाका लागि डा.नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा. कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा.शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ ।

    यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij