Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । इस्लामिक स्टेट (आईएस) समूहको क्षेत्रीय शाखाका बन्दुकधारीले उत्तरपश्चिम पाकिस्तानमा एक नेताको हत्या गरेको छ । आईएस समूहले घटनामा आफ्नो संगठनका लडाकूको संलग्नता रहेको दाबी गरेको छ ।
वरिष्ठ प्रहरी अधिकारी वकार रफिकले एएफपीसँग भने, ‘जमात-ए-इस्लामी बाजौर’का नेता सुफी हमिद बिहीबार सूर्यास्तपछि नमाज पढेर मस्जिदबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना नकाबधारी व्यक्तिले उहाँमाथि गोली चलाएको थियो ।’
अधिकारीका अनुसार आक्रमणकारी अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लामा इस्लामिक नेतालाई गोली हानेर भागेका थिए । आईएस के ले आफ्ना लडाकूले धर्मत्यागी राजनीतिक दलका एक अधिकारीलाई गोली हानेको जनाएको छ ।
आईएस समूहको स्थानीय शाखाले धार्मिक राजनीतिक दलले कडा धार्मिक प्रचारको विरुद्धमा गएको र देशको सरकार र सेनालाई समर्थन गरेको आरोप लगाएको छ।
पाकिस्तानमा सन् २०२१ मा तालिवान सत्तामा आएयता अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आतंकवादी आक्रमणमा तीव्र वृद्धि भएको पाकिस्तानी प्रशासनले दाबी गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij