Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले प्रहरी जवान विशाल शर्मालाई नियन्त्रणमा लिएको हो। जिल्ला ट्राफिक कार्यालय भैरहवा दरबन्दी भएर लुम्बिनीमा कार्यरत शर्मालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले शर्मासँगै सोही घटनामा संलग्न रहेका गुरुचरण चौधरी भन्ने एक अर्का युवकलाई समेत नियन्त्रणमा लिएको छ।
तीन जना युवकलाई बोलाएर बलात्कार गरेको आरोप लागेको छ। बलात्कृत हुने महिला दिदी बहिनी हुन्। कसैलाई घटनाको बारेमा जानकारी दिए फोटो सार्वजनिक गर्ने धम्की दिएको पनि अनुसन्धानका क्रममा खुलेको छ। धम्कीकै कारण लामो समयसम्म बलात्कारको घटना लुकेको थियो। तर, एकाएक फोटो सार्वजनिक भएपछि पीडित पक्ष प्रहरीकहाँ पुगेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij