Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

हरवाचरवाका अध्यक्षमा पुनः मण्डल

हरवाचरवाका अध्यक्षमा पुनः मण्डल

  • लहान । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अध्यक्ष पदमा दशलाल मण्डल पुनः निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डललाई चयन हुनुभएको छ । सदस्यमा आशा खातुन, गीतादेवी सदा, आशादेवी पासवान, सुमित्रादेवी खंग र सुनितादेवी सदा निर्वाचित हुुनुभएको छ  । 

    onlinepatrika
    Arghakhachi

    लहानमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले राष्ट्रिय सम्मेलनले  ११ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।  हरवाचरवाका नाममा रहेको अनुचित ऋण खारेजीसहित औपचारिक मुक्तिको घोषणा गर्न, स्थानीय तहको नेतृत्वमा सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा हरवाचरवाको स्पष्ट तथ्याङ्क सङ्कलन गर्न, प्रमाणीकरण र परिचयपत्र वितरण गर्न, सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइसकेको सन्दर्भमा हरवाचरवालाई विशेष सवालका रुपमा प्राथमिकतामा राख्दै जिल्लास्तरीय आयोग तथा सहजीकरण समूहमा हरवा चरवाको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ । 

    AGNI GROUP

    जमिन उपलब्ध गराउने व्यवस्था गर्न, हरवाचरवामाथि हुँदै आएको ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिस्वरुप हरवाचरवा परिवारले स्वतन्त्रतापूर्वक सम्मानजनक जिउनसक्ने गरी पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्दा काम, ज्याला, समानता, स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य, दिगो जीविकोपार्जन र रोजगारीको सुनिश्चितता गर्न र हरवाचरवाको पुनःस्थापनाको प्याकेजसहित पर्याप्त भूमिको व्यवस्था गर्नलगायतका समेत माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij