Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । कर्तव्य गरि हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा छन्। रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ। चार दिनअघिको घटनामा अनुले बबितालाई मोबाइल चोरी गर्ने अभियोगमा कुटपिट गरेकी थिइन्। सोही कुटपिटबाट घाइते भएकी बबि ता आफू बस्ने पशुपतिनाथको राम मन्दिरमा बितिन्। उनको शनिबार नै मृत्यु भएको थियो।
सुरूमा रविले खाल्डो खनेर श्रीमतीको शव पुर्न खोजेका थिए। तर, त्यो कुरा सम्भव नभएपछि उनले मृत्यु भएकै ठाउँमा शव जलाएका थिए।
प्रहरीले जलाएको शवको केही भाग मात्र फेला पारिएको थियो। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
मृत्यु भएपछि रविले प्रहरीलाई खबर गरेनन्। रवि र बबिता पशुपति क्षेत्रमा मिस्त्रीको काम गर्ने गर्थे।
पक्राउ परेका दुबैलाई सोमबार कर्तव्य ज्यान मुद्दामा अदालतबाट अनुमति लिई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij