
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं विमानस्थलबाट हुने लुक्ला र माउन्टेन फ्लाइट ठप्प भएको छ ।
काठमाडौं । खराब मौसमका कारण काठमाडौं विमानस्थलबाट हुने लुक्ला र माउन्टेन फ्लाइट ठप्प भएको छ ।
आइतबार विहानैदेखि बिग्रिएको मौसमका कारण अन्तरिक उडानका लागि काठमाडौं बाट लुक्लाको लागि तय भएका कुनै पनि उडान भएको छैन् ।
माउन्टेन फ्लाइटका लागि बुद्ध, यति र श्री एयरलाइन्सले तय गरेका सबै उडान आजको लागि रद्द भएको छ । बुद्ध एयरले एउटा माउन्टेन फ्लाइट लागि गरेकाे एउटा प्रयास मौसमका कारण सफल हुन सकेन ।
माउन्टेन फ्लाइटका लागि बुद्धको जहाज उडेको भएपनि बीचैबाट डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।
रिन्जीका अनुसार कुवेतबाट काठमाडौं आउँदै गरेर जजीरा एयरलाइन्स इनरुट वेदरका कारण वनारस डाइभर्ट भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij