Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

सुधार केन्द्र

सुधार केन्द्र भित्र शारीरिक यातना

सुधार केन्द्र भित्र शारीरिक यातना

  • काठमाडौँ । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।

    images
    images
    images

    कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानवीय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।

    सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । गौरका युवा अभिमन्यु पटेलले यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना गरेका छन् ।

    अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए ।

    सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उदघाटन गरेका थिए । त्यहाँ भर्ती भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij