Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

बुद्धजयन्ती

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

  • काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्ती । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

    images
    images
    images

    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आज दिन  बौद्ध धर्मावलम्बीले विशेषरुपमा मनाउने गर्दछन् ।

    २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो।

    इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बौद्ध गयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनी गौतम बुद्धका नामले संसारभर चिनिएका हुन् ।

    बुद्धले पाएको ज्ञानमा दुःखनाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए।

    विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ।

    सोमबार बुद्धजयन्तीका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij