Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बागमती प्रदेशमा खोप अभियान शुरु : ६४ हजार १९२ जनालाई खोप लगाइने

बागमती प्रदेशमा खोप अभियान शुरु : ६४ हजार १९२ जनालाई खोप लगाइने

  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज बुधवार हेटौँडामा शुभारम्भ गरेका छन् । मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको कोभिडको पीसीआर प्रयोगशाला कक्षको पनि आज उद्घाटन गरे ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा। प्रवीण श्रेष्ठले कोभिड–१९ को खोप लगाए । समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेशका जनताको स्वास्थ्या उपचार र दैविक प्रकोपबाट पीडित भएका परिवारलाई तत्काल उद्धार गर्न प्रदेश सरकारले आफ्नो स्रोतसाधन र जनशक्ति परिचालन गरिएको बताएका छन् । उनले कोभिडको खोप जनतालाई पुर्‍याउन सङ्घीय सरकारले समयमा निकै मिहिनेतका साथ उपलब्ध गराएको चर्चा गर्दै सरकार र जनताप्रति जिम्मेवार र जवाफदेही रहेको उल्लेख गरे ।

    AGNI GROUP

    मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृद्धितर्फ क्रियाशील तुल्याउन विभिन्न जिल्लामा प्याकेज कार्यक्रमहरु सञ्चालनमा रहेको र ती योजनाहरुबाट छिट्टै जनताले दिगो लाभ पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेले सङ्घीय सरकारले कोभिड खोप उपलब्ध गराइएअनुसार वाग्मती प्रदेशको १३ जिल्लामा ६४ हजार १९२ जना नागरिकलाई खोप लगाउने कार्यक्रम राखिएको उल्लेख गर्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नागरिकलाई खोप लगाउने उच्च प्रथामिकताका साथ कार्यान्वयन गर्ने बताए । वाग्मती प्रदेशका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोप केन्द्र स्थापना गरिएको सो मन्त्रालयका सचिव काफ्लेले जानकारी दिए ।

    कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सहसचिव डा। पुरुषोत्तम राज सेढाईं र हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले कोभिड–१९ का बिरामीलाई तत्काल उपचार गर्ने कार्यमा आवश्यक चिकित्सक तथा आधुनिक सुविधायुक्त प्रयोगशालाको स्थापना गरी नियमित सेवासुविधा उपलब्ध गराउँदै आएको बताए ।

    चितवनका तीन ठाउँबाट खोप अभियान शुरु

    चितवन स् कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो । भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको छ । यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो ।

    जिल्लामा चार हजार २०० जनालाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनका अनुसार भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिइनेछ । यस्तै रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिइनेछ । माडीमा माडी नगरपालिका भित्रकालाई दिइने कार्यक्रम रहेको तिवारीले बताए । आगामी नौ दिनभित्रमा पहिलो चरणको खोप लगाइसक्ने उनले जानकारी दिए । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij