Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

निजी क्षेत्रका सञ्चारकर्मीले पाएनन् पारिश्रमिक

निजी क्षेत्रका सञ्चारकर्मीले पाएनन् पारिश्रमिक

  • रसुवा । निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । नेपाल पत्रकार महासंघ रसुवा शाखाको पाँचौ साधारणसभाको अवसरमा यहाँ आयोजित कार्यक्रममा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य समक्ष यहाँका पत्रकारले उक्त गुनासो राखेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष आचार्यले सबै पत्रकारको हितमा काम गर्ने छाता संस्था नेपाल पत्रकार महासंघ भएकोले पारिश्रमिक नदिने निजी सञ्चार गृहको नामावली जिल्ला शाखामार्फत पठाउन आग्रह गरे । त्यस्ता निजी सञ्चार गृहमा घेरा हालेरै भए पनि पारिश्रमिक दिलाइ छोड्ने उनले बताए ।
    यस्तै भौगोलिक विकटता रहेको हिमाली जिल्ला रसुवामा काम गर्ने पत्रकारलाई परेको समस्या समाधान गर्न विपद्को समयमा समाचार सङ्कलन गर्न जाँदा चाहिने पूर्व तयारीका सामग्री नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले रसुवा शाखालाई हस्तान्तरण गरेको छ ।

    AGNI GROUP

    महासंघ रसुवा शाखाका सभापति हेमनाथ खतिवडाका अनुसार हस्तान्तरण भएका सामग्रीमा दुई थान झोला, दुई वटा ल्यापटप, दुई थान टर्चलगायत रहेको छ । ती सबै सामग्री पत्रकार महासंघको जिल्ला शाखामा राख्ने र जुन पत्रकार स्थलगत रूपमा विपद् क्षेत्रमा जाँदा निश्चित समयका लागि त्यस्ता पत्रकारलाई मात्र उपलब्ध गराइने नीति रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij