
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । गृहमन्त्रालयले आइतबार सार्वजनिक बिदा दिएको छ । राताे मछिन्द्रनाथकाे भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने परम्परा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij