Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

लाइसेन्समा यो हदसम्मको भ्रष्टाचार

लाइसेन्समा यो हदसम्मको भ्रष्टाचार

  • काठमाडौं । यातायात व्यवस्था कार्यालयबाट एकपछि अर्को भ्रष्टाचारका घटना उजागर भइरहेकै बेला फेरि सवारी चालक अनुमतिपत्रमा दिउँसै रात पार्ने गरी हदैसम्मको अर्को घोटालाको तथ्य बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले छानबिन गर्दै छ । उक्त भ्रष्टाचार प्रकरणमा गत साता उजुरी दर्ता भई छानबिनका लागि टिप्पणी उठेको छ । नवीकरणका लागि बुझाएको राजस्व मारेर फर्जी अनुमतिपत्र थमाएको आरोपमा यातायात कार्यालयका हाकिमहरू तानिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार स्रोतका अनुसार स्थायी वतन तनहुँ भई हाल गोंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्ग बस्ने किशोरप्रसाद पौडेलका नाममा जारी भएको सवारी अनुमतिपत्रको नवीकरण शुल्कमा घोटाला भएको हो । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको तत्कालीन कार्यालय प्रमुख, शाखा अधिकृत, लेखा अधिकृत, लेखापाल अधिकृतसमेत मिलेर दाखिला गरेको राजस्वको रकम खाई मासी सो रकम नेपाल सरकारको राजस्व खातामा दाखिलसमेत नगरेको गम्भीर आरोप लागेको छ । राजस्व राज्यकोषमा जम्मा नगरी आफँैले हजम गरेर सवारी चालक अनुमतिपत्र मात्र प्रदान गरिएको पीडितको भनाइ छ । नवीकरण शुल्क बुझाएर पनि राजस्व खातामा कहीँ–कतै जनिएको छैन ।

    AGNI GROUP


    घटना विवरणअनुसार पौडेलका नाममा ०५२ साल कात्तिक २९ गते यातायात व्यवस्था कार्यालय बागमतीबाट सवारी अनुमतिपत्र जारी भयो । अनुमति पत्र नं। ००६–८९५६३० वर्ग ए।बी।को सवारीचालक अनुमतिपत्र लिएर हालसम्म क्रमशः नवीकरण गर्दै आए । ०७७ साल कात्तिक ८ गतेसम्म सवारीसाधन चलाउँदै आएको अख्तियारमा परेको उजुरी विवरणमा उल्लेख छ । उनकोे सवारीचालक अनुमतिपत्रको मिति सोहीबाट म्याद समाप्त भएको प्रमाण पनि पेश भएको छ । म्याद सकिएपछि पुनः नवीकरण गर्नुपर्ने भयो ।

    नवीकरणका लागि विवरण बुझाइयो । डिटेल्समा डाटा नदेखिएको नाममा लामो समयसम्म अनुमतिपत्र दिइएन । नियम–कानुनबमोजिम अनुमतिपत्र किन नदिइएको भन्दै जानकारी माग्दा कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले उल्टै ‘अख्तियार जानोस्’ भनेर पन्छिएको पीडित बताउँछन् ।

    पौडेल यातायात व्यवस्था कार्यालय एकान्तकुना मात्र चहारेनन् । यातायात व्यवस्था विभाग र यातायात व्यवस्था प्रादेशिक कार्यालय हेटौंडाका कार्यालय प्रमुखहरूलाई समेत अनुरोध गरे । तर, लाइसेन्सको नवीकरण भएन । यसपछि पौडेल अख्तियार पुगे । ‘म नेपाल सरकारको कानुन पालना गर्ने करदाता पनि हुँ । ०७७र०७र०८ गतेबाट मेरो सवारीचालक अनुमतिपत्र नहुँदा सवारीसाधन चलाउन पाएको छैन,’ उजुरीमा उल्लेख छ ।

    लाइसेन्सको अवधि सकिएर उपलब्ध गराइएको फर्म भरेर राजश्व दस्तुर बुझाइसकेपछि नवीकरणमा प्रयोग भएको सुरक्षा चिह्न ‘होलोग्राम’ ३१८८२३३ टाँसेर शाखा अधिकृतले सहीछाप गरी लाइसेन्स प्रदान गरिएको छ । २५ वर्षदेखि लाइसेन्स लिई अनवरत नवीकरण गरी सवारी चलाई आएको अवस्थामा अहिले आएर अलपत्र पारेको पीडित पौडेलको भनाइ छ । ‘सरकारका अधिकृत तथा कर्मचारीको भ्रष्टाचारजन्य अति नै घृणायोग्य कार्यले म एउटा सामान्य नेपाली नागरिकले राज्यविहीनताको अनुभव गरेको छु,’ अख्तियारको उजुरीमा उल्लेख छ ।

    आफूलाई मानसिक तथा शारीरिक पीडा परेकाले ती कर्मचारीबाट क्षतिपूर्ति भराई सहज रूपमा तत्कालै सवारीचालक अनुमतिपत्र दिलाइपाउन पीडितको माग छ । उजुरीसाथ लाइसेन्सको फोटोकपी, यातायात व्यवस्था विभागको च।नं।२२५ को होलोग्रामको फोटोकपी, ०७७÷०९÷१९ को दर्ता न। ८६ को सवारीचालक अनुमतिपत्र नवीकरण गरी पाउन दिएको निवेदन, सिष्टममा मिलाइदिने बारेको पत्रलगायत प्रमाण अख्तियारमा बुझाइएको छ । यो प्रकरणमा अख्तियारबाट टिप्पणी उठाएर छानबिन प्रक्रिया अगाडि बढेको जनाइएको छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij