Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

  • काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दैछ । यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर सानदार सुरूआत गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै, यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।

    images

    नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

    हाल लिग–२ को अंक तालिकामा नेपाल १४ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालले १४ खेलमा ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन ।

    त्यस्तै, स्कटल्याण्डको १८ खेलमा २२ अङ्कसहित चौथो स्थानमा छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij