Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

महिला महासंघ गठन गरिँदै

महिला महासंघ गठन गरिँदै

  •   कास्की । महिलाका विषयमा सामूहिक आवाजका लागि महिला महासंघ गठन गृहकार्य गरिँदै छ । यस सम्बन्धमा यहाँ प्रदेशस्तरीय दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला महासंघ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘सङ्कल्प’का अध्यक्ष लीली थापाले सो अभिमुखीकरणको सहजीकरण गरेकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    थापाले देशमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन भए पनि महिला विषयले अझै पनि स्थान नपाइरहेको जनाउँदै तिनको नीतिगत रुपमा अर्थपूर्ण सहभागिताका लागि महिला महासंघको आवश्यकतामा जोड दिइन् । उनले भनिन् “देशमा जस्तेसुकै परिवर्तन आए पनि महिलामैत्री नीति बन्न सकेको छैन, आज पनि द्वन्द्वपीडित महिलाले न्याय पाउन सकेका छैनन् भने एकल महिलाको अवस्था पनि उस्तै छ, महिलाको आर्थिक सशक्तीकरणका विषय पनि सधैँ ओझेलमा छन् । यी विविध विषयका लागि अब महिला महासंघले सामूहिक आवाज उठाएर जानेछ ।”

    AGNI GROUP

    थापाका अनुसार महासंघको सदस्यताका लागि केही मापदण्ड बनाइएको छ । सदस्य बन्नका लागि महिलाले नेतृत्व गरेको र कम्तीमा दुई वर्षदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गरेको क्रियाशील संस्था हुनुपर्नेछ । कुनै पनि राजनीतिक दलको जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।

    गण्डकी प्रदेशबाट सहभागी महिला प्रतिनिधिले महासंघले उठान गर्नुपर्ने विषयमा आआफ्नो धारणा राखेका थिए । विशेषगरी नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, महिला हिंसा न्यूनीकरणका लागि पहल, आमाका नामबाट सहज रुपमा नागरिकता दिनुपर्ने, विभेदकारी कानूनको अन्त्य गर्नुपर्ने, स्रोत साधनमाथि महिलाको पहुँच हुनुपर्ने, समानताका लागि समतामूलक अभ्यासबाट अवसर प्रदान गर्नुपर्ने, लैङ्गिकक उत्तरदायी तथा समावेशी शासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

    गण्डकी प्रदेशका महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील १५ संस्थाका महिला प्रतिनिधि उपस्थित सो अभिमुखीकरणमा महिला महासंघ गण्डकी प्रदेश तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजकका रुपमा चयन गरेको सङ्कल्प गण्डकी सचिव प्रमिला तझ्याले जानकारी दिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij