Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

उदयपुर

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

  • काठमाडौं । उदयपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन्। 

    images
    images
    images

    उदयपुरको वेलका नगरपालिका–८ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

    images

    मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको बुढीगंगा–२ का ३२ वर्षीय अनिल राजवंशी र पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिङ्लाकी १८ वर्षीया तुलशा कार्की घाइते भएका थिए।

    अस्थायी प्रहरी पोष्ट कोठु बाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पठाएको थियो। उपचारकै क्रममा राजवंशीको मृत्यु भएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij