
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । नेप्से परिसूचकमा आज दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से २२ दशमलव ०४ अंकले बढेर २७०५ दशमलव ०९ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ । गत सातादेखि शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
आगामी मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि सकारात्मक आएमा बजारले थप गति लिन सक्ने लगानीकर्ताको आशा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij