
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । भारत गुजरातको महिसागर नदीमा रहेको पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ । केही सञ्चारमाध्यमहरुले भने मृतकको संख्या फरक दिइरहेका छन् । भास्करले ६ जनाको मृत्यु भएको अवर अपडेट गरेको छ ।
यस्तै पुलबाट धेरै सवारी नदीमा खसेको तस्बिरहरु सार्वजनिक भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो पुल ४३ वर्ष पुरानो हो । बडदरा आनंद जोड्ने पुल भारी ट्राफिक भएका बेला भत्किएको हो ।
आधा भत्किएको पुलमा ट्रक झुन्डिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
गुजरातमा केही दिनदेखि भारी वर्षा भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij