
Jul 10 2025 | २०८२, असार २६ गते
काठमााडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको निफ्रा हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा आउने भएको छ ।
निफ्राले ६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको ’निफ्रा हरित उर्जा ऋणपत्र ६% –२०८८/८९’ नामको ऋणपत्र जारी गरेको थियो ।
प्रतिकित्ता १ हजार अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निफ्राले नेप्सेमा असार २५ गते सूचीकृत गराएको हो । सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यसको कारोबार गर्न सक्नेछन् ।
निफ्राले नेपालमै पहिलो पटक हरित उर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij