Logo

Jul 11 2025 | २०८२, असार २७ गते

Jul 11 2025 | २०८२, असार २७ गते

रवि लामिछानेको पक्षमा हस्ताक्षर

मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

  • काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।

    images
    images
    images

    सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।

    images

    हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।

    उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुव्र्यवहार भइरहेको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij