Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

१ नम्बर प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन दिनेशप्रसाद खरेलसहित १२ प्रहरीलाई पुरस्कृत

१ नम्बर प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन दिनेशप्रसाद खरेलसहित १२ प्रहरीलाई पुरस्कृत

  • काठमाडौं । १ नम्बर प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक (इस्पेक्टर) दिनेशप्रसाद खरेलसहित १२ प्रहरीलाई पुरस्कृत गरेको छ । समाजमा शान्तिसुरक्षा अमनचैन कायम राख्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेको हुँदा’ पुुरस्कृत गरिदिन प्रदेश प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखाले टिप्पणी आदेश पत्रमा उल्लेख गरेको छ । आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्नुका साथै विभागीय मूल्यमान्यता आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील भूमिका निर्वाह गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

     
    प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब निरीक्षक निरकुमार खड्का, प्रहरी चौकी बाहुनडाँगी झापाका प्रहरी सहायक निरीक्षक पूजन लाप्चा पुरस्कृत भएका छन् । पुरस्कृत हुने अन्य प्रहरी जावनमा जिल्ला प्रहरी कार्यालय पाँचथरका लक्ष्मण लिम्बू, प्रहरी चौकी संक्रान्ती तेह्रथुमका कृष्ण कटवाल, इलाका प्रहरी कार्यालय गुफापोखरी संखुवासभाका विमल हाङ किराँत, जिल्ला प्रहरी कार्यालय झापा अपराध अनुसन्धान शाखाका डिभलव नेम्वाङ, सीमा प्रहरी चौकी मायागञ्ज मोरङका श्रवणकुमार चौधरी छन् । त्यस्तै, सशस्त्र प्रहरी सेनामुख धनकुटाका प्रहरी हवल्दार जीवन राई, जिल्ला प्रहरी कार्यालय सुनसरी अपराध अनुसन्धान शाखाका प्रहरी हवल्दार सत्यनारायण यादव, विमानस्थल सुरक्षा गार्ड काँगेल सोलुखुम्बुका प्रहरी जवान लालबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुका प्रहरी जवान कमल बहादुर आलेलाई पनि पुरस्कृत गरिएको छ ।

    AGNI GROUP

     


     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij