
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज संघीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।
कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको उनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij