Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

  • काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन

    onlinepatrika
    Arghakhachi

    भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका हुन् ।

    AGNI GROUP

    सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

    लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंसकारलाई बोल्न दिएकोमा उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले अवरोध जारी रहने बताइन् ।

    सांसद कंसाकारले तस्करहरू अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताइन् । स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको उनले बताइन् ।

    त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सँधैजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकालेविरोध जारी रहने बताएका थिए

    दुवै दलका सांसदहरू बोलेपछि बैठक कक्षबाट बाहिरिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij