Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई यही साउन ११ गतेबाट काठमाडौंस्थित माइतीघरमा भोक हड्तालमा बस्ने भएका छन् ।
स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि आफू सत्याग्रहमा बस्न बाध्य हुनु परेको भट्टराईको भनाइ छ ।
साउन ११ गते बिहान सिंहदरबारको दक्षिण गेटबाट शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित माइतीघर मण्डला पुग्ने, नौ बजेदेखि साँझ पाँज बजेसम्म सत्याग्रह गर्दै तीन दिनसम्म भोक हड्तालमा बस्ने । यसवेलासम्म आफ्ना माग पूरा नभए अनिश्चतकालीन आमरण अनसन बस्ने भट्टराईले बताए । यस विषयमा उनले प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।
भट्टराईले भने, ‘माग पूरा नभएको खण्डमा उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।’
यति मात्रै होइन, भट्टराईले लिएको सत्याग्रहको निर्णय नगरसभाबाटै पारित समेत भएको थियो । भट्टराई गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।
यस्ता छन् भट्टराईका मागहरु :–
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij