Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

मेयर भट्टराई ७ बुँदे मागसहित माइतीघरमा भोक हड्ताल बस्दै

मेयर भट्टराई ७ बुँदे मागसहित माइतीघरमा भोक हड्ताल बस्दै

  • काठमाडौं । दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई यही साउन ११ गतेबाट काठमाडौंस्थित माइतीघरमा भोक हड्तालमा बस्ने भएका छन् ।

    images
    images
    images

    स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि आफू सत्याग्रहमा बस्न बाध्य हुनु परेको भट्टराईको भनाइ छ ।

    images

    साउन ११ गते बिहान सिंहदरबारको दक्षिण गेटबाट शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित माइतीघर मण्डला पुग्ने, नौ बजेदेखि साँझ पाँज बजेसम्म सत्याग्रह गर्दै तीन दिनसम्म भोक हड्तालमा बस्ने । यसवेलासम्म आफ्ना माग पूरा नभए अनिश्चतकालीन आमरण अनसन बस्ने भट्टराईले बताए । यस विषयमा उनले प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।

    भट्टराईले भने, ‘माग पूरा नभएको खण्डमा उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।’

    मेयर नै सत्याग्रहमा बस्नुपर्ने आवश्यकता किन आइलाग्यो भन्ने प्रश्नमा उनले भने, ‘हामी पटकपटक हाम्रा माग प्रधानमन्त्री कार्यालय, तालुकदार मन्त्रालय लगायत सम्बन्धित सबै ठाउँमा बुझायौं । दुई दर्जन जति ठाउँमा माग राख्दा पनि सुनुवाइ नभएपछि सत्याग्रहमा पुग्ने निर्णय भयो ।’

    यति मात्रै होइन, भट्टराईले लिएको सत्याग्रहको निर्णय नगरसभाबाटै पारित समेत भएको थियो । भट्टराई गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

    images

    यस्ता छन् भट्टराईका मागहरु :–

    1. जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउँदै प्रदूषण धेरै गर्ने अरू देशसँग क्षतिपूर्ति लिने ।
    2.  बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिने ।
    3. प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उ‌द्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनु पर्ने ।
    4. जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर, उ‌द्योग लगायतलाई कडाइकासाथ रोकी कडा कानून बनाई कारबाही गरिनु पर्ने ।
    5. पहिलो चरणमा वन र उ‌द्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बोस, काठ, राडी पाठी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गरियोस् ।
    6. विशेषतः काठमाडौबाट खोटाङ जाँदा बाटोमा परेका पुल, सडक र संरचना अलपत्र पार्नेलाई कडा कानुनी कारबाही गरि तत्काल निर्माणको काम सुरु गरियोस् ।
    7. पहाड़ी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइसराइको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गरियोस् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij