Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गैरआवासीय नेपाली सङ्घ

अगस्टमा एनआरएनए मलेसियाको एकता महाधिवेशन हुने

अगस्टमा एनआरएनए मलेसियाको एकता महाधिवेशन हुने

  • काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाले आगामी ३० र ३१ अगस्टमा एकता महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको छ। सङ्गठनमा बढ्दो अन्योल र विवादबिच एकता र सहमतिको बाटो रोज्दै महाधिवेशनको तयारी गरिएको कार्यसमितिले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    एनआरएनए मलेसियाका कार्यवाहक अध्यक्ष इन्द्र नारायण लिम्बु र महासचिव टिकाराम अधिकारीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संस्थाभित्र देखा परेका गुटगत र एकपक्षीय गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै अगस्टमा हुने महाधिवेशनलाई सबैको सहमतिमा अघि बढाउने बताएका छन्।

    AGNI GROUP

    विज्ञप्ति अनुसार, २० जुलाई २०२५ मा क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा एनआरएनए मलेसिया र अन्य सामाजिक सङ्घसंस्थाहरूको संयुक्त भेलाले विगतका विवादहरू बिर्सेर साझा एकता महाधिवेशन गर्ने सहमति जनाएको थियो। सो भेलाले आरके महतोको संयोजकत्वमा महाधिवेशन तयारी अघि बढाउने निर्णय गरेको थियो।
    तर, सो सहमतिको विपरीत केही समूहले २७ जुलाईमा छुट्टै अधिवेशन गर्ने सूचना जारी गरेको भन्दै कार्यसमितिले आपत्ति जनाएको छ। कार्यसमितिले सो कदमलाई एनआरएनएको विधान र प्रक्रिया विपरीत भएको उल्लेख गर्दै वैधानिक छिद्रको दुरुपयोग गरिएको आरोप लगाएको छ।

    “हाम्रो संस्था कहिल्यै पनि सहमति र सम्झौता विपरीत गएर कुनै निर्णय लिँदैन,” विज्ञप्तिमा भनिएको छ, “तर, केही व्यक्तिहरूले गुटबन्दी गर्दै एकपक्षीय निर्णय लिएका छन्, जुन अवैध र संस्थाको एकता विरोधी छ।”

    संस्थाले सबै सदस्य, सरोकारवाला र सम्बन्धित निकायहरूलाई यस्ता एकपक्षीय र विभाजनकारी गतिविधिको बहिष्कार गर्न आह्वान गर्दै अगस्टमा हुन लागेको महाधिवेशनलाई सहयोग गर्न आग्रह गरेको छ।

    एनआरएनए मलेसियामा लामो समयदेखि देखिँदै आएको गुटबन्दी र विवादलाई समाधान गर्दै संस्थालाई लोकतान्त्रिक, पारदर्शी र समावेशी बनाउने उद्देश्यले अगस्टको अधिवेशनलाई “एकता महाधिवेशन” को रूपमा अघि बढाइने कार्यसमितिको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij