Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान

एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरु लाई आह्वान गरेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन्।

    AGNI GROUP

    उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा अग्रह गर्दछु ।

    मेरो संकल्प अन्तर आत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलीत हुने छैन् । म सम्पूर्ण पार्टी पंक्तीलाई निर्धक्क भएर पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान समेत गर्छु ।’

    उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको बताउँदै पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरु प्रति प्रतिवद्ध हुँदाहुँदै पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी नमिल्ने धारणा राखिन् । 

    उनले भनिन्,‘अहिले पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी पनि मिल्दैन ।

    यो पार्टी बनाउन म लगायत हजारौं नेता कार्यकर्ताले रगत, पसिना मेहेनत परेको छ । यो कुरा म कुनै भावनामा डुबेर भनेको छैन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij