
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । पुरुष एसिया कप क्रिकेट प्रतियोगिता ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने भएको छ।
एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नक्वीले सामाजिक सञ्जाल मञ्च एक्समा यस्तो जानकारी दिएका हुन्। उनले प्रतियोगिताको विस्तृत तालिका चाँडै जारी गरिने बताए।
हाल भारत र पाकिस्तान एउटै समूहमा हुन्छन् वा छुट्टाछुट्टै हुन्छन् भन्ने कुरा स्पष्ट छैन।
ईएसपीएनको प्रतिवेदनअनुसार यस पटकको एसिया कप टी-ट्वान्टी ढाँचामा खेलिनेछ। एसीसीका पाँच पूर्णकालीन सदस्यहरू अफगानिस्तान, बंगलादेश,भारत,पाकिस्तान र श्रीलंका बाहेक, युएई, ओमान र हङकङका टोलीहरूले पनि यसमा भाग लिनेछन्।
यसअघि भारतीय क्रिकेट टोलीले २०२३ मा एसिया कपको उपाधि जितेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij